नेपाल भित्रियो कोरोना भाइरस, कसरी आयो भाइरस? यसको लक्षण र बच्ने उपाय



१४ माघ २०७६, काठमाडौं

चीनको उहान सहरलाई निकै आतंकित बनाएको ‘कोरोना भाइरस’ को त्रास अहिले विश्वभर फैलिरहेको छ।

दिनहुँ उहानमा यो भाइरसबाट संक्रमित भएर मृत्यु हुने मानिसको संख्या पनि उत्तिकै बढिरहेको छ।

कोरोनाभाइरसका कारण उपचारमा खटिएका एक डाक्टरको मृत्यु, मृतकको संख्या ४१ पुुग्यो

आमचिकित्सा विज्ञानलाई नै चुनौती दिनेगरी एका-एक फैलिएको कोरोना भाइरसले संसारलाई नै त्रसित बनाइरहेको छ।

चीनमा नोवेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १०६ पुगेको छ भने ४,००० जनाभन्दा बढी सङ्क्रमित रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

दिन-प्रतिदिन संक्रमित हुने र मृत्यु हुनेको संख्या सँग-सँगैजसो बढिरहेको छ।

कोरोनाभाइरसका कारण मर्नेहरुको संख्या पुग्यो १०६, कसरी बच्ने?

पत्ता कसरी लाग्यो?

अनुसन्धानको कुनै पनि निष्कर्षले यसको यकिन जवाफ दिन भने सकेको छैन।

सुरुमा उहान सहरबाट फर्किएका एक जना बिरामी परेका थिए। सुरुमा उनलाई निमोनियाको आशंका गरियो। निमोनिया कै उपचार भइरहेको थियो।

तर, उनलाई निको भएन। अन्त्यमा उनको मृत्यु भयो। यो गत अघिल्लो सोमबारको घटना थियो।

विश्व स्वास्थ्य संगठनले त्यसको नमुनाको प्रयोगशाला परीक्षण गरेपछि ‘कोरोना भाइरस’ भएको पुष्टि भयो।

संगठनले २०१९ डिसेम्बर ३१ मा यसको पुष्टि गरिसकेको थियो।

त्यो बेला धेरै मानिस संक्रमित भएर थला परिसकेका थिए।

२०२० मध्य जनवरीतिर त्यसबाट मानिस भका-भक बिरामी हुन थाले। मृत्यु हुनेको संख्या बढ्दै गयो।

निमोनियाले ग्रसित ती मानिस उहान नजिकैको एउटा सामुद्रिक बजारका थिए।

त्यहाँ समुद्रका जीव किनबेच हुने ‘माछा बजार’ छ।

वैज्ञानिकहरूले यो भाइरस त्यस्तै समुद्रका कुनै जीवबाट मानिसमा सरेको हुनसक्ने आशंका गरेका छन्।

किनकि, सन् २००० सुरुवाततिर चीनमै फैलिएको भाइरस ‘सार्स’ पनि एउटा जंगली बिरालोबाट मानिसमा सरेको पुष्टि भएको थियो।

त्यो भाइरसले चीनमा मात्रै करिब ८ सय मानिसको ज्यान लिएको थियो।

त्यस्तै लक्षणबाट संक्रमित पार्ने अर्को भाइरस ‘मर्स’ २०१२ तिर मध्यपूर्वका देशमा फैलिएको थियो।

यो भाइरस पनि एउटा उँटबाट मानिसमा सरेको पुष्टि भयो।

नेपाल पनि भित्रियो कोरोना भाइरस, लक्षण र बच्ने उपाय

के कोरोना भाइरस?

‘कोरोना’ ग्रिक शव्द ‘कोरोन’ ९पयचयलभ० को अपभ्रंश रूप हो। जसको अर्थ ताज वा मुकुट अर्थात्, ‘क्राउन’ ९अचयधल० हुन्छ।

भाइरसको स्वरूपको आधारमा यसलाई यो नाम दिइएको हो।

‘कोरोना’ खासगरी जनावर, पंक्षी तथा जलीय जीवबाट मानिसमा सर्ने भाइरस समूह हो।

अहिले देखिएको यो भाइरस पनि यसै समूहको एक सदस्य हो।

योसहित अहिलेसम्म यस्ता सात भाइरस फेलापरिसकेका छन्।

यसलाई वैज्ञानिकहरूले ‘नोबेल कोरोना’ पनि भनेका छन्। यसको अर्थ ‘नयाँ भाइरस’ भन्ने पनि हुन्छ।

यसलाई ‘उहान कोरोना भाइरस’ पनि भनिएको छ। र, यसलाई ‘एनसिओभी’ भनेर पनि चिनाइएको छ।

यी युवतीका कारण कोरोना भाइरस संसारभर फैलिएको खुलासा

कोरोना भाइरसका लक्षण:

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसहरूमा केही साझा लक्षणहरू देखिन्छन्।

-ज्वरो आउनु र खोकी लाग्नु

-छिटोछिटो सास फेर्नु

-श्वासप्रश्वासमा कठिनाइ हुनु

-गम्भीर भएमा निमोनिया हुनु

-सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु

-मृगौलाले काम गर्न छोड्छ र मृत्यु समेत हुन सक्छ

नेपालमा पनि भेटियो कोरोना भाइरस

जोगिने कसरी?

-नियमित रूपमा हात सफा गर्ने

-खोक्दा वा हाच्छिउँ गर्दा मुख छोप्ने

-मासु र अण्डा राम्रोसँग पकाएर खाने

-कोरोनाभाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने

प्रतिक्रिया दिनुहोस्