यी हुन् जीवनभर ननुहाउने सुन्दरी



१४ माघ २०७६, काठमाडौं

विश्वमा अनौठो रीतिरिवाजको कमी छैन। यस्तै एक आश्चर्यलाग्दो ठाउँ हो–अफ्रिकाको उत्तरी नामिबिया

जहाँ हिम्बा नामक एक आदिवासी समुदायमा महिलालाई कहिल्यै नुहाउने इज्जात दिइनन्। अनौठो कुरा चै के हो भने यसरी जीवनभर ननुहाउने समुदायका महिला नै समस्त अफ्रिकी मूलुकका सुन्दर महिला कहलिएका छन्।

कुनै प्रान्तामा हिम्मा जनजातीका जम्माजम्मी ५० हजार मानिसमध्ये आधा जसो महिला छन्। जसलाई नुहाउन मात्रै नभई पानीले हातसम्म धुन नपाईने नियममा बाँधिएका छन्।

आफूलाई सफा राख्न उनीहरु एक खास तरिका अवलम्बन गर्दछन्। स्थानीय क्षेत्रमा पाईने विशेष जडीबुटीहरुलाई पानीमा उमाल्दा निस्कने बाफबाट हिम्बा महिलाले आफूलाई तरोताजा पार्छन्। जुन जडीबुटीको प्रभावले तिनको शरिरबाट कुनै दुर्गन्ध निस्कन पाउँदैन।

त्यस्तै, छालालाई घामबाट बचाउन पनि उनीहरु एक खास लेप शरिरमा लगाउँछन्। पशुको बोसो र हैमाटाइटको धुलोद्धारा उक्त लेप तयार गरिन्छ।

प्रतिक्रिया दिनुहोस्