यी हुन् पुरुषले चाहेर पनि भन्न नसक्ने कुरा



१४ माघ २०७६, काठमाडौं

हरेक मानिसको आफ्नो बेग्ला–बेग्लै इच्छा चहानाहरु हुने गर्दछ। तर कतिपयले आफ्नो चाहना व्यक्त गर्न नसक्दा त्यसलाई पाउन सक्दैनन्।

यस्तै चाहेको कुरा व्यक्त गर्न नसक्नेमा पुरुष पनि पर्दछन्। पुरुषहरु के चाहन्छन् त्यो कुरा व्यक्त गर्न नसक्दा उनीहरुको भावना बुझ्न गाह्रो हुने गर्दछ।

पुरुषहरु यी आफ्ना चहानाहरु व्यक्त गर्न सक्दैनन्। जुन कुराहरु जान्नुहोस्…..

कदर

कुनै पनि पुरुषले चाहने पहिलो बिषय भनेको नै कदर हो। तपाईँले पुरुषको कदर गर्नु भयो भने तपाईंप्रति उनीहरु सकारात्मक हुने गर्दछन्। यसले ती पुरुषलाई निकै खुसी समेत दिने गर्दछ।

सम्मान

हरेकलाई आफ्नो सम्मान प्यारो हुन्छ। अझ पुरुषका लागि सम्मान भनेको उसको प्रतिष्ठासँग जोडिन्छ। त्यसैले हरेक पुरुषलाई उचित सम्मान दिनु भयो भने उनीहरु खुसी हुन्छन्।

साथ

हरेक पुरुषले विश्वासी मित्रबाट साथ चाहन्छन्। उनीहरुमा सहने शक्ति हुन्छ भन्दैमा पुरुषहरु धोका सहन सक्छन् भन्ने होइन, पुरुष आफूलाई साथ दिने मानिसप्रति मरिहत्ते गर्छन्।

स्वतन्त्रता

युवा अवस्थाबाटै हरेक पुरुषहरु स्वतन्त्र हुन चाहन्छन्। उनीहरु निजी जीवनमा कसैले दखल नदिउन् भन्ने चाहना राख्छन्। त्यसैले पुरुषलाई स्वतन्त्र छाडे उनीहरु तपाईंप्रति कृतज्ञ हुन्छन्।

मीठो वचन

पुरुषलाई बसमा लिनु छ भने मधुर बोली नै काफी हुन्छ। जस्तै कठोर मानिस पनि मधुर बोलीमा पग्लने गर्दछन्। मधुरको अर्थ नाटकीय होइन, नम्र, सानो र प्रेमयुक्त बोली हो।

प्रोत्साहन

पुरुषले सदैव आफूलाई प्रोत्साहित गर्ने मानिसको कदर गर्दछन्। अवस्था अनुसारको उचित सल्लाह र साथ दिएमा उनीहरुले त्यसलाई जीवनभर बिर्सन सक्दैनन्।

प्रतिक्रिया दिनुहोस्