हङ्गेरी पठाइदिने भन्दै १०० भन्दा बढीको पैसा खाएर सम्पर्कबिहीन ‘कन्सलट्यान्सी’



१४ माघ २०७६, काठमाडौं

काठमाडौं चाबहिलभन्दा ४०० मिटर भित्र गणबिहारस्थित ‘जब ब्रिज कन्सलट्यान्सी प्राइभेट लिमिटेड’ [www.bridge.com.np] नामको एउटा कन्सलट्यान्सी छ।

उक्त कन्सलट्यान्सीले २०७५ को फाल्गुन १९ गते १०० जना व्यक्तिहरुलाई हङ्गेरी पठाइदिने भन्दै प्रतिव्यक्ति डेढ लाख रकम असुल्यो।

यही १०० जनाभित्र परेका गोंगबु बानियाँटार बस्ने विशाल तामाङलाई पनि कन्सलट्यान्सीले उस्तै पारामा ठग्यो।

कन्सलट्यानसीलाई पैसा दिएको रसिद

हङ्गेरी पठाइदिने भन्दै प्रतिव्यक्ति डेढ लाख लिएको कन्सलट्यान्सीको मालिकद्वय म्यानेजर दिनेश तामाङ [+977 9803858525, 9865555104, 9845535030] र एमडी तेजेन्द्र कुमार बस्नेत [+977 9851158556] डेढ महिनायता सम्पर्कमा नआएको पीडित विशाल तामाङ बताउँछन्।

शुरुका दिनमा हङ्गेरी पठाइ नै दिने भने पनि डेढ महिनायता उनीहरु दुवैजना सम्पर्कबिहीन भएका हुन्।

उता कन्सलट्यान्सीको कार्यालय भएको घरधनीले पनि तीन महिनायता देखि सम्पर्कमा नआएको बताउँछन्।

कन्सलट्यान्सीको म्यानेजर दिनेश तामाङ

उक्त कन्सलट्यान्सीले विशालको मात्रै नभएर अन्य १०० जना भन्दा बढीको पैसा हङ्गेरी पठाइदिने भन्दै उसैगरी पचाएको अन्य पीडितहरुलाई उदृत गर्दै विशालले बताए।

“उक्त कन्सलट्यान्सीले हङ्गेरीको लागि १०० जना आवश्यक रहेको भन्दै उर्दी गरेको थियो। त्यहाँ म पनि गएर ‘इन्भल्भ’ भएँ। तर, पछि यस्तै गर्‍यो ।” विशालले भनेका छन्, ‘डेढ महिना अघिसम्म त सम्पर्कमा आएको थियो। त्यसपछि त फोनसमेत ‘स्वीचअफ’ गरेर पूरै सम्पर्कबिहीन भएको छ।’

पीडित विशाल तामाङ

कन्सलट्यान्सीले दिएको कागजातहरु सबै ‘फेक’ भएको पनि पीडित विशालले बताएका छन्।

हङ्गेरीको लागि १०० जनाको उर्दी गरेको कन्सलट्यान्सीले १ जनालाई पनि हङगेरी नपुर्‍याएको अन्य पीडितहरुको भनाई छ।

कन्सलट्यान्सीले दिएको फेक कागजात
कन्सलट्यान्सीले दिएको फेक कागजात

‘वर्किङ भिजा’मा हङ्गेरी जाने भनेका पीडित विशाल आफैँ श्रम मन्त्रालय पुगेर बुझ्दा कन्सलट्यान्सीले ‘वर्किङ भिजा’ मा नभई ‘स्टूडेन्ट् भिजा’का लागि मात्रै काम गर्ने कुरा बुझे।

पछिका दिनमा पटक पटक सम्पर्क गर्न खोज्दा पनि उनीहरु सम्पर्कमा नआएको पीडितहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस्