बर्दियामा कार्यरत सहायक वन अधिकृत साह पक्राउ



१३ माघ २०७६, काठमाडौं

बबई सब–डिभिजन वन कार्यालय बर्दियामा कार्यरत सहायक वन अधिकृत आनन्दप्रसाद साहलाई दश हजार घुस लिदैं गरेको अवस्थामा पक्राउ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले साहलाई काठको लगत तयार गरी दिएबापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा पक्राउ गरेको हो ।

अनुसन्धानको सिलसिलामा सेवाग्राहीको निजी आवादी जग्गाको काठको नापजाँच लगत तयार गरी डिभिजन वन कार्यालय गुलरियामा बिमाको आदेश सिफारिस गरी दिएबापत अतिरिक्त पि.सी. रकम स्वरुप सहायक वन अधिकृत आनन्दप्रसाद साहले घुस लिएको पुष्टि भएको छ ।

अधिकृत साहलाई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्