सभामुखद्वारा नेकपाको सबै जिम्मेवारीबाट राजीनामा



१३ माघ २०७६, काठमाडौं

सभामुख अग्नी प्रसाद सापकोटाले नेकपाको साधारण सदस्यसमेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन्।

सापकोटाले सोमबार (आज) एक विज्ञप्ति जारी गर्दै संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाह गर्नका लागि पार्टीको सम्पूर्ण पद र सदस्यतासमेत नरहने गरी राजीनामा दिएको उल्लेख गरेका छन्।

‘संघीय संसदको प्रतिनिधि सभामा सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाह गर्नको लागि यसभन्दा पूर्व म संलग्न भइ कार्य गर्दै आएको नेकपा राजनीतिक दलको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितीबाट मेरो संलग्नता नरहेको ब्यहोरासमेत अनुरोध गर्दै उक्त राजनीतिक दलको सदस्यबाट पनि अलग रहेको जानकारी गराउँदछु।’ विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्