फेसबुकमा राखेको फोटो शेयर गर्दै प्रकाशले फेरी लेखे सबैलाई रुवाउने स्टाटस



१३ माघ २०७६, काठमाठडौं

आफ्नी जीवन संगिनीलाई गुमाएर शोकमा रहेका प्रकाशले निकै मार्मिक र भावुक हुँदै विभिन्न स्टाटस लेखिरहेका छन्। उनको जीवनमा रमिता प्रवेश गरेदेखि अनेकौं सम्झनालाई उनले सामजिक संजालमा पेखिरहेका छन्।

प्रकाशको फेसबुक नियाल्दै गर्दा उनले रमितको यादमा लेखेका स्टाट्सबाट प्रस्ट हुन्छ की रमितालाई उनले कति माया गर्थे अनि रमिताले पनि कति माया गर्थिन भन्ने कुरा। रमिताको दुःखद निधनपश्चात् उनले लेखेको पहिलो स्टाटस यस्तो थियो –तेरो लागि रातो साडी ल्याइदिएको छु नि बूढी, पर्सि हाम्रो बिहे हो, कहाँ गाछस् छिटो आइज न।

मेरो एक चिम्टी सिन्दुरको लागि तैँले आफ्नो फ्यामिली, लाइफ सब छाडेर मेरो साथ दिइस्, तर मलाई बीचमै छोडेर किन गइस् भन् त। एक्लै यत्रो लामो बाटो कसरी हिँडु म हम् ? कति सपनाहरू थिए, तैँले किन धोका दिइस्। मैले भनेको होइन तलाईं केही हुनुभन्दा पहिला म नै नरहुँ भनेर, तँ अगाडि किन गइस् मलाई छाडेर? म एक्लै के गरौं, कहाँ जाऊँ भन् त? आइज न बिहे गरौंला नि, यो बिहेको साडीमा मेरो सिन्दुर तेरो सिउँदोमा हेर्ने सपना छ मेरो। म नि छिट्टै आउँछु तँ सँगै बूढी, नभुलेस् है मेरो वेट गरेस्। चखेवाको जोडी जस्तै थियो नि हाम्रो माया अब एक गएपश्चात् अर्को आफैँ आउँछु।

विवाहको कार्ड बाड्न जादै गर्दा रमितालाई टिप्परले किचेपछि प्रकाशले भावुक हुँदै लेखे यस्तो स्टाटस…

त्यसपश्चात् प्रकाशले जनवरी २४ सात बजेर २२ मा अर्को स्टाटस लेखेका छन। रमिता सहितको तस्बिर राखेर उनले लेखेका छन– तड्पाएर किन गैस छटपटीएर मर्दैछु ‘कसरी सास फेर्नु गाहे भैराछ। यति ठुलो संसारमा मा एक्लै कहाँ जाउ। कति ठुलो सपना थियो मेरो हातको सिन्दुर लगाउने किन टुटाएर गैस? पागल भएर कसरी बसु? पलपल तड्पिएर कैले सम्म बचुला मिस यु बुडी।

यो स्टाट्सप्श्चात् उनले जनवरी २४ सात बजेर ३४ मिनेटमा अर्को स्टाटस लेखेका छन्। त्यहाँ पनि उनले रमितालाई धेरै याद गरेको पाईन्छ।

त्यस्तै, प्रकाशले जनवरी २४ आठ बजेर १४ मिनेटमा जोडी परेवाको तस्बिर राख्दै यो खबर पुर्याईदेउ तिम्रै यादमा मर्छु क्यारे भन्दै लेखेका छन। करिब १४ घण्टा अगाडी रमिताको तस्बिर राख्दै प्रकाशले अर्को स्टाटस लेख्दै भनेका छन– म छुटिमा आउदा बिहान मलाई उठाउथिस म १० मिनेट सुत्न दे भन्दा ब्लांकेट फालेर उठाउथिस अनि टि ल्याएर दिन्थिस मैले बिहान टि लिएर आइज भन्दा किन न्ल्याएकी हम्? किन बुझिनस् आज मलाई? उनले भगावनसँग समेत आक्रोस पोखेका छन। उनी लेख्छन्, रोटी बनाउँदा सानो हात डढयो भने ७ दिनसम्म हात डढयो भनेर सुनाई राख्र्थी तर आज चितामा पुरै जल्दा मलाई किन केहि पनि भनेन किन सुनाइन मलार्इ दुःखीराछ भनेर।

रमिताको यादमा बिक्षिप्त बनेका प्रकाशले करिब ८ घण्टा अगाडी अर्को मार्मिक स्टाट्स लेखेका छन “बुडी कसरी भुलु तँलाई यार छटपटी भइराको छ, सपनामा भएनी बोल न। किन गइस मलाई छोडेर कसरी बच्ला भनेर म कहाँ जाउ भन त। मलार्इ छोडेर जान तँलाई केहि भएन है। त्यति माया गर्थिस छोडिस मसँगै बाच्छु मर्छु भनेर भन्थिस् त गइस म कसरी आउँ भन त? कहाँ जाउँ यहाँबाट एक्लै? एक्लै छु बुढी कोइ छैन। मसँग एक्ला–एक्लै भौतारिएर कसरी बसु बुढी हम।”

प्रतिक्रिया दिनुहोस्