अफगानी सेनाको कारबाहीमा परी ५१ तालिबान मारिए



१२ माघ २०७६, काठमाडौं

अफगानी सेनाले पछिल्लो २४ घण्टामा गरेका स्थल तथा हवाइ आक्रमणमा परी ५१ जना तालिबान लडाकू मारिएका छन्।

अफगानिस्तानको रक्षा मन्त्रालयले आइतबार ९ वटा प्रान्तमा १३ वटा स्थल र १२ हवाइ आक्रमण गरिएको जनाएको छ। यी आक्रमणमा ५१ आतंककारी मारिएका छन्, १३ घाइते भएका छन्।

यस्तै ६ जनालाई पक्राउ गरिएको मन्त्रालयले जनाएको छ। तालिबानले पनि पछिल्लो दुई दिनमा आफ्नो आक्रमणमा परी थुप्रै अफगानी सैनिकको ज्यान गएको दाबी गरेको छ।

तालिबान र अमेरिकी वार्ताकारहरुबीच कतारको दोहामा चलेको वार्ता दुई दिनका लागि रोकिएको बेला अफगानी सेनाले हमला गरेको हो।

प्रतिक्रिया दिनुहोस्