‘निष्पक्ष भूमिका निर्वाह गर्छु’



१२ काठमाडौं

प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख अग्नी प्रसाद सापकोटाले लोकतन्त्रको मूल्य, मान्यता र आदर्शलाई कायम गर्दै जनताको सार्वभौम सर्वोच्च संस्थाको ओझ र गरिमालाई कायम राख्न आफू सधैँ दत्तचित्त र इमान्दार भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिनिधि सभाको आजको बैठकबाट निर्वाचित भएर बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै सभामुख सापकोटाले आफू तटस्थ, निष्पक्ष र सन्तुलित भूमिका निर्वाहका लागि सदैव लाग्ने बताए।

यस्तै उनले आफूलाई उम्मेदवार बनाउने नेकपालाई धन्यवाद दिँदै सहयोग गर्ने नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, सङ्घीय समाजवादी पार्टीलगायतलाई पनि सम्झिए।

सर्वोच्च अदालतमा आफूविरुद्ध परेको पछिल्लो रिट निवेदनका सम्बन्धमा सोधिएको प्रश्नमा उनले कुनै प्रतिक्रिया दिएनन्। राष्ट्रपतिसँग शपथ लिएपछि नवनिर्वाचित सापकोटाले पदभार लिनेछन्।

प्रतिक्रिया दिनुहोस्