घुस माग गरिरहेको अवस्थामा इन्जिनियर साह पक्राउ



१२ माघ २०७६, काठमाडौं

घ्याङलेख गाउँपालिकाको बिभिन्न वडामा एचटी एलटी तथा ट्रान्सफर्म जडानको कार्य सम्पन्न गरी भुक्तानी लिने सिलसिलामा दुई लाख २६ हजार घुस माग गरिरहेको अवस्थामा गाउँ कार्यपालिका कार्यलयका इन्जिनियर दिलिप कुमार साहलाई पक्राउ गरिएको छ ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले कमलामाई नगरपालिका वडा नं. ६ सिन्धुली स्थित श्रेष्ठ तन्दुरी एण्ड गेष्ट हाउस अगाडी वि.पी. राजमार्गबाट नियन्त्रणमा लिएको हो ।

उनको साथबाट एक लाख ६० हजार नगद र सत्तरी हजारका दुई थान चेक बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्