सभामुखको शपथ सोमबार



१२ माघ २०७६, काठमाडौँ

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटको शपथ सोमबार बिहान हुने भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय, शीतल निवासमा उहाँले शपथ लिने कार्यक्रम तय भएको बुझिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकबाट सांसद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको थियो । नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट सभामुखले शपथ लिनुहुने छ ।

प्रतिक्रिया दिनुहोस्