सभामुखमा अग्नी प्रसाद सापकोटा निर्विरोध निर्वाचित



१२ माघ २०७६, काठमाडौं

नेकपाका स्थायी समिति सदस्य तथा सांसद अग्नी प्रसाद सापकोटा प्रतिनिधि सभाको सभामुख पदमा निर्विरोध निर्वाचित भएका छन्।

आइतबार (आज) बसेको प्रतिनिधि सभाको बैठकले सापकोटालाई सर्वसम्मत रुपमा सभामुख चयन गरेको हो।

नेकपाका उपनेता सुवास नेम्वाङले उनलाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रतिनिधि सभाको बैठकमा प्रस्ताव पेश गरेका थिए।

नेम्वाङको प्रस्तावमा नेकपाका प्रमुख सचेतक देव गुरुङ,पूर्व सभामुख ओनसरी घर्तीमगर र राजपाका सांसद लक्षमणलाल कर्णले समर्थन गरेका थिए।

सापकोटालाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा सपथ गराउनेछिन्।

निवर्तमान सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत महिलामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुखबाट गत १४ असोजमा राजीनामा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्