‘अमेरिकामा लुकेकी होइन, बिरामी छु’



१२ माघ २०७६, काठमाडौं

तिला गुफा नगरपालिकाकी उपप्रमुख दर्शना नेपाली चार महिनापछि सम्पर्कमा आएकी छिन्।

अमेरिकामा आयोजित एक गोष्ठीमा सहभागी हुनका लागि त्यहाँ पुगेकी उनले आफू चार महिनासम्म अमेरिका बस्नुको स्पष्टीकरण दिएकी छिन्।

सामाजिक संजाल फेसबूकमार्फत् स्पष्टीकरण दिएकी उनले अमेरिकामा आफ्नो स्वास्थ्य समस्याको कारण आफू अमेरिकामै बस्नु परेको बताएकी छिन्।

विभिन्न संचारमाध्यमहरुमा उनी सम्पर्कबिहीन भएको समाचार सम्प्रेषण भएपछि उनले आज आफू बिरामी भएको स्पष्टीकरण दिएकी हुन्।

पटक–पटक फेसबूकमा म्यासेजको रिप्लाई समेत नदिने गरेको मेयरको आरोपको खण्डन गर्दै उपप्रमुख नेपालीले आफूले उल्टै फोन गरेका बेला प्रमुखले नउठाएको दाबी गरेकी छिन्।

‘अहिले म राम्रोसँग बोल्न पनि सक्दिनँ। अलि अलि चल्न सक्ने भएकी छु। यसको सबै उपचार भारतकी डा. अञ्जीरकुमारले गर्दै हुनुहुन्छ। म पूर्ण रुपमा निको हुन अझै ५ महिना लाग्छ रे।’ उनले स्पष्टीकरणमा उल्लेख गरेकी छिन्।

गत कार्तिकको पहिलो साता उपप्रमुख नेपाली अमेरिका उडेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्