मलद्वारमा आगो कोचेर श्रीमतीलाई गम्भीर घाइते पार्ने श्रीमान् पक्राउ



१२ माघ २०७६, काठमाडौं

दाङमा श्रीमतीको मलद्वारमा अगुल्टो कोचेर श्रीमतीलाई गम्भीर घाइते पार्ने श्रीमान् पक्राउ परेका छन्।

श्रीमतीको मलद्वारमा अगुल्टोले कोचेर घाइते बनाउने ६६ वर्षीय मेगबहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको हो।

घरायसी विवाद हुँदा लमही नगरपालिका १ का मेगले श्रीमती ५० वर्षीय सोदी खत्री सार्कीको आगोसँगको अगुल्टो कोचिदिएर घाइते बनाएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार सोदीको अवस्था गम्भीर छ । उनको लमही अस्पतालमा प्राथमिक उपचार गरिएको थियो। अहिले उनको थप उपचार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्