चुहावट भएपनि कारवाही गर्न नपाइने भन्दै चालकले रोके हवाई इन्धन ढुवानी



१२ माघ २०७६, काठमाडौं

इन्धन ढुवानीमा हुने चुहावट रोक्न नेपाल आयल निगमले ५० लिटरभन्दा बढी कम भए दोब्बर जरिवाना तिराउने निर्णय गरेपछि त्यसको विरोध गर्दै टयाङ्कर चालकले हवाई इन्धन ढुवानी रोकेका छन् ।

विभिन्न माग अघि सारेर पटकपटक पेट्रोलियम पदार्थ रोकेर माग पूरा गर्न दबाब दिँदै आएका चालकले इन्धन चुहावट भए पनि न्यून कारबाही हुनुपर्ने भन्दै शनिबारदेखि हवाई इन्धन ढुवानी बन्द गरेका हुन् ।

आफ्ना माग पूरा नभएपछि हवाई इन्धन लोड गर्न नगएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन हवाई इन्धन ढुवानी एकाइ समितिका अध्यक्ष पशुपति पाठकले बताए । यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्