कांग्रेस र राजपालाई उपसभामुखको आश



१२ माघ २०७६, काठमाडौं

सभामुखको टुंगो लागेसँगै उपसभामुखको खोजी सुरु भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अग्नी सापकोटालाई सभामुखको उम्मेदवार बनाइसकेको छ ।

सभामुखको चयनको औपचारिक घोषणा आज बस्ने संसद् बैठकले गर्नेछ । सभामुखमा सापकोटाको एक्लो उम्मेदवारी दर्ता भएको छ । उपसभामुख भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनतामा पार्टीले दावी गरेका छन् ।

नेकपाले उपसभामुख कांग्रेस र राजपा कसलाई दिने भन्ने निर्णय गरेको छैन । यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्