यी हुन् पहिलो डेटमै फिदा पार्ने उपाय



११ माघ २०७६, काठमाडौं

याद राख्नुहोस्ः तपाईँ कुनै युवतीसँग पहिलोपटक डेटमा जादै हुनुहुन्छ? र उनीसँगको सम्बन्ध सुमधुर र दिगो बनाउन चाहनुहुन्छ?

त्यसो भए यसो गर्नुहोस्……

पहिला आफू

तपाईँ पहिलो डेटमा जादै हुनुहुन्छ? तोकेको समयभन्दा अगाडि नै पुग्नुहोस्। सकेसम्म युवती आइपुग्नु भन्दा अगाडि तपाईँ त्यहाँ पुग्दा त्यसको प्रभाव सकारात्मक पर्छ।

ढोका खोल्नुस्

कुनै रेष्टुरेन्ट या क्याफेमा पहिलोपटक भेट्दै हुनुहुन्छ भने युवती आउँदा ढोका खोलिदिनुहोस्। उनी बस्ने स्थानको कुर्सी मिलाईदिनुहोस्। अनि उनी बसिसकेपश्चात् मात्र आफू बस्नुहोस्।

फूल

भेटमा अन्य प्रकारका उपहारभन्दा पनि फूल नै प्रभावकारी हुन्छ। वास्नादार फूलले तपाईँको सम्बन्धलाई पनि वास्नादार बनाउन सघाउन सक्छ।

मोबाइल साइलेन्ट

युवती आइपुग्नु अगाडि नै मोबाइल साइलेन्ट मुडमा राखिदिनुहोस्। यसले पहिलो भेटको कुराकानीमा केही अवरोध हुन्न।

यदि बारम्बार कल आईहालेमा उनलाई सोधेर कुरा गर्नुहोस्। तर सकेसम्म छोटो गर्नुहोस्।

न भीडभाड न सुनसान

पहिलो डेटका लागि स्थान चयन गर्दा सुनसान स्थान नछान्नुहोस्। सकेसम्म व्यक्तिहरु आवत–जावत भइरहने स्थानमा जानु राम्रो हुन्छ।

फेरि, सकेसम्म धेरै भीडभाड हुने स्थान पनि राम्रो मानिन्न।

मदिरातिर ध्यान नदिनुहोस् 

बेलुकाको समय पहिलो डेटको समय जुरेको छ भने पनि भुलेर पनि मदिरातिर ध्यान नदिनुहोस्। आफू पनि नपिउनु र युवतीलाई अफर पनि नगर्नु बुद्धिमानी हो।

प्रतिक्रिया दिनुहोस्