टर्कीमा शक्तिशाली भूकम्प, १४ को मृत्यु, सयौं घाइते



११ माघ २०७६, काठमाडौं

टर्कीमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएको त्यहाँका अधिकारीले बताएका छन् ।

टर्कीको इलाजिङ प्रान्तको मुख्य सहर सिभ्रीसलाई केन्द्र बनाएर ६.८ म्याग्नीच्युडको भूकम्पका कारण भवन भत्किँदा सयौं मानिस सडकमा आएका छन् । भूकम्पको धक्का छिमेकी सिरिया, लेबलान र इरानमा पनि महसुस गरिएको थियो ।

स्थानीय समयअनुसार शुक्रबार साँझ ५ः८८ मा भूकम्प गएको थियो । टर्कीको विपद् तथा आपतकालिन व्यवस्थापन प्राधिकरणका अनुसार ६० पराकम्पहरु मापन गरिएका छन् । उद्दारमा ४०० उद्दार टोली खटाइएका छन् ।

प्रतिक्रिया दिनुहोस्