एनआरएनए अध्यक्ष पन्तद्वारा कपन क्याम्पसको स्थलगत अवलोकन



१० माघ २०७६, काठमाडौं

गैर आवासिय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले निर्माणाधीन कपन क्याम्सको अवलोकन गरेका छन् ।

बूढानीलकण्ठ नगरपालिका वडा नं १० मा निर्माणाधीन कपन क्याम्पसको स्थलगत अवलोकन गरेका हुन् । क्याम्पस प्रमुख भूमीदत्त पौडेल र व्यवस्थापन समिति अध्यक्ष कुमार ओझा लगायतको आग्रहमा उनले क्याम्पसको स्थलगत अनुगमन गरेका हुन् ।

अवलोकनको क्रममा अध्यक्ष पन्तले नेपालको शिक्षामा सुधार ल्याउन आवश्यक रहेको धारणा व्यक्त गर्दै प्रयोगात्मक शिक्षामा जोड दिन सल्लाह दिए । देखाउनको लागि भन्दा पनि व्यवहारिक रुपमा शिक्षालाई सदुपयोग गर्न उनले सुझाए । अध्यक्ष पन्तले भने, ‘आर्थिक अभावका कारण विद्यार्थीको पढाईमा समस्या आएमा एनआरएनएले समस्या हेरेर त्यसको समाधानमा सक्दो पहल गर्छ ।’

 

यसैगरी क्याम्पस प्रमुख भूमीदत्त पौडेलले कपन क्याम्पसलाई अन्तराष्ट्रिय शैक्षिक संस्थासँग भगिनी सम्बन्ध कायम गरी विद्यार्थी र शिक्षकलाई आधुनिक शिक्षासँग जोड्न आग्रह गरे । क्याम्पस प्रमुख पौडेलले कपन क्याम्पसमा थोरै शुल्क तिरेर विद्यार्थीले गुणस्तरीय शिक्षा पाउँछन् यो हाम्रो चाहना हो । उनले थपे कपन क्याम्सलाई नेपालकै नमुना क्याम्पसको रुपमा चिनाउँछौ यो हाम्रो मुख्य उदेश्य हो ।

व्यवस्थापन समिति अध्यक्ष कुमार ओझाले व्यवस्थापन समितिमा एक मत भएका कारण सोचे अनुरुप क्याम्पसलाई अगाडी बढाउन सफल भएको जानकारी गराए । अध्यक्ष ओझाले भने हामीले गुणस्तरीय शिक्षा, आधुनिक प्रविधि र खेलकुदलाई विशेष जोड दिने योजना छ त्यसै अनुसार चल्दै आएका छौ ।

प्रतिक्रिया दिनुहोस्