१५ वर्षीया सुस्तमनस्थितिकी किशोरीलाई रु १० दिएर बलात्कार, फरार अभियुक्त पक्राउ



१० माघ २०७६, काठमाडौं

एक १५ वर्षीया सुस्तमनस्थितिकी किशोरीको बलात्कार मुद्दामा फरार अभियुक्त पक्राउ परेका छन् ।

उच्च अदालत पाटनको २०७५ कात्तिक २७ गतेको फैसलाले २ वर्ष ६ महिनाको कैद सजाय पाएका ओखलढुंगाको सिंहदेवी गाविस घर भइ भक्तपुरको सिपाडोल–६ बस्ने पूर्णबहादुर खड्कालाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

बिहीबार भक्तपुरको सूर्यबिनायकबाट पक्राउ परेका उनलाई जिल्ला अदालत भक्तपुरमार्फत डिल्लीबजार कारागार पठाइएको ब्यूरोले जनाएको छ ।

प्रहरीका अनुसार ०७२ फागुन २१ गते खड्काले भक्तपुर जगातेकी १५ वर्षीया किशोरीलाई १० रुपैयाँ दिएर फकाउँदै सूर्यबिनायक नगरपालिका ६ स्थित आफ्नो कोठामा लगेर बलात्कार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्