विवाहलगत्तै झुक्किएर पनि नगर्नुहोस् यी कार्य



१० माघ २०७६, काठमाडौं

विवाह अगाडि र पछाडिको सम्बन्ध उस्तै हो भन्ने सोच छ भने परिवर्तन गर्नुहोला। व्यक्ति एकै भए पनि विवाह अगाडि र पछाडिको सम्बन्धमा केही विषय परिवर्तन हुन्छ।

परिवर्तित सम्बन्धसँगै व्यवहारसमेत परिवर्तन भयो भने सम्बन्ध सुमधुररूपमा अगाडि बढ्न सक्छ। त्यसैले, विवाहलगत्तै बिर्सिएर पनि यी कुरा आफ्नो पार्टनरसँग नगरेको राम्रो!

विवाहमा भएको खर्च

विवाह भए लगत्तै आफ्नो पार्टनरसँग विवाहमा भएको खर्चको बारेमा छलफल नगर्नूृहोस्। विवाहमा दुवैतर्फबाट अनावश्यक माग भएर फजुल खर्च भएको हुनसक्छ। विवाह लगत्तै यो विषयमा छलफल गर्दा प्रारम्भिक दिनमै मन–मुटाव पनि हुनसक्छ।

आफन्तको विषयमा जोक

विवाह समारोहमा विचित्रका आफन्तहरुसमेत देखिन सक्छन्। यस्ता पात्र केटा या केटी दुवैतर्फबाट आएका हुन सक्छन्। परिवारका सदस्यबाट समेत अनावश्यक व्यवहार भएको हुनसक्छ।

यस विषयमा तत्काल कुरा गर्नु जोखिमपूर्ण हुनसक्छ। जसले यस्तो व्यवहार गरेका हुन्छन्, ती व्यक्तिसँग दुलाहा या दुलहीको गहिरो सम्बन्ध हुनसक्छ। उनीहरुको बारेमा जोक बनाउँदा चित्त दुख्नसक्छ।

पूर्व प्रेम सम्बन्ध

पूर्वप्रेमी–प्रेमिकासँग आफ्नो पार्टनरको बानी व्यहोरा नजाँच्नु नै वैवाहिक जीवनमा फलदायी हुन्छ। यस्तो बानी छ भने हटाउनु नै उत्तम हुन्छ। नत्र यसले वैवाहिक जीवन सुरु नहुँदै समस्या सुरु हुनसक्छ।

भाउ खोज्नु

यो त तिम्रो काम हो आफैं गर भन्दै विवाहको प्रारम्भदेखि नै भाउ खोज्नु सुमधुर वैवाहिक यात्राको बाधक व्यवहार हो। तत्काल प्रतिक्रिया जनाउनुभन्दा उनको व्यवहार हेरेर आफ्नो पार्टनरलाई बिस्तारै बानी पार्दै जानु राम्रो हो।

प्रतिक्रिया दिनुहोस्