अमेरिकी सेना हटाउन माग गर्दै इराकमा प्रदर्शन



०१ माघ २०७६, काठमाडौं

अमेरिकी सेना हटाउन माग गर्दै इराकमा विशाल प्रदर्शन भएको छ।

शुक्रबार (आज) राजधानी बगदादमा विशाल प्रदर्शन भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन्।

सिया धर्मगुरु मुक्तदा अल सद्रको आह्वानमा यो प्रदर्शन भएको बताइएको छ।

अमेरिकाले ३ जनवरीमा इरानी जर्नेल कासिम सुलेमानीको हत्या गरेपछि इराकबाट अमेरिकी सेना हटाउनुपर्ने माग बलियो बनेको छ।

इराकी संसदले समेत अमेरिका सेना हटाउनुपर्ने संकल्प प्रस्ताव पारित गरेको थियो। तर, ट्रम्प प्रशासनले यसलाई अस्वीकार गरेको थियो।

सरकारी कार्यालय र विदेशी दूतावास रहेको बगदादको ग्रिन जोनमा यसबीचका अनेकौँ रकेट आक्रमण भइसकेको छ।

हाल इराकमा ५ हजार अमेरिकी सेना रहेका छन्।-एजेन्सी

प्रतिक्रिया दिनुहोस्