यी हुन् अनुहारको चाउरीपन हटाउनका साथै चमक ल्याउने तरिका



१० माघ २०७६, काठमाडौं

बढ्दो उमेरसँगै मानिसको अनुहारमा चाउरीपन देखा पर्न थाल्छ। कहिले–काहीँ सानो उमेरमा पनि अनुहारमा चाउरीपन आउने गर्दछ। फलफुल खाएर पनि अनुहारको चाउरीपनलाई कम गर्न सकिन्छ।

सुन्तलामा धेरै मात्रामा पोषण हुन्छ। सुन्तलामा भिटामिन सी पनि हुन्छ। यो फलले छालालाई कसिलो र चम्किलो बनाउन मदत गर्दछ। सुन्तलाको जुसले बढ्दो उमेरलाई कम देखाउन मदत गर्छ। सुन्तलाको जुस अनुहारमा लगाउनाले अनुहारका विबिरा, धर्सा कम हुन्छ।

स्याउमा छालालाई चमक दिने विशेष गुण हुन्छ। स्याउमा हुने कपर र भिटामिन सी ले छालालाई चम्किलो बनाउँन मदत गर्दछ। यसमा छालाका लागि अत्यावश्यक पोटासियम पनि पाईन्छ। मेवामा प्राकृतिक रुपमा पोषणयुक्त तत्वहरु हुन्छ।

मेवाले शरिरको तौल घटाउन र मुटुको सुरक्षा पनि गर्दछ। यसले छालालाई ताजा र जवान देखाउँछ। मेवाको कालो बियाँ पनि स्वास्थ्यका लागि त्यत्तिकै लाभदायक हुन्छ। मेवाको बियुले शरिरको उत्तेजनालाई फाल्नुका साथै कालो छालाका कोषलाई हटाउँछ।

अनारमा धेरै प्युनिसिक एसिड, इलेजिक एसिड र एन्टिअक्सिडियन्टस हुन्छ। यसमा भिटामिन ए, सी इ लगायतका खनिज हुन्छ। यो एउटा स्वभाविक मोश्चराइजर हो। यसले छालालाई सुख्खा हुनबाट बचाउँछ।

प्रतिक्रिया दिनुहोस्