१४ वर्षदेखि अस्पतालको कोमामा भएकी महिलाले जन्माइन् शिशु !



१० माघ २०७६, काठमाडौं

१४ वर्षदेखि अस्पतालको कोमामा भएकी एक महिलाले शिशुको जन्म दिएकी छिन् ।

अमेरिकाकी उरिजोना नाम गरेकी महिला १४ वर्ष अगाडि पानीमा डुबेका कारण उनी १४ वर्षदेखि अस्पतालको कोमामा थिइन् ।

अस्पतालमा उनको सेवा गरिरहेका स्टाफहरुलाई महिला गर्भवती भएका थाहा थिएन । स्टाफहरुले यो कुरा उनको डेलीवरी गर्ने बेलामा थाहा पाएका थिए ।

अस्पतालका अधिकारीहरु यो बारेमा बोल्न मानिरहेका छैनन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामको रिपोर्टका अनुसार प्रहरीले बच्चाको पिता पत्ता लगाउँन अनुसन्धान गरिरहेको छ ।

महिलालाई कोमामा रहेको बेला हेरचाहका लागि अन्य मानिसहको अत्याधिक आवश्यक पर्ने गर्दथ्यो । त्यसैले उनी रहेको कोठामा मानिसहरु आउँने जाने गर्दथे । महिलाले जब बच्चालाई जन्म दिएकी छिन् त्यो बेलादेखि उनको कोठामा आउँने जाने मानिसहरुमा नजर राख्ने गरिएको छ । एजेन्सी..

प्रतिक्रिया दिनुहोस्