बूढानीलकण्ठ १२ का पार्टी कार्यकर्ता माझ डा. राजन भट्टराई : एमसीसी राष्ट्रहितमा भएको दावी (भिडियो सहित)



१० माघ २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ मा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा नेपाल सरकारका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चुनाव पछि भए गरेका विकास निर्माणका कामबारे जानकारी लिदै चुनावी वाचा पुरा गर्न ध्यानाकर्षण गरेका छन् । साथै उनले एमसीसी राष्ट्रहितमा रहेको दावी समेत गरे ।

भिडियोमा हेर्नुहोस् एमसीसी बारे डा. राजन भट्टराईको धारणा :

नेता तथा कार्यकर्तासँग अन्तरक्रिया कार्यक्रममा डा. राजन भट्टराईले बूढानीलकण्ठका कुनैपनि विकास निर्माणका काममा आवश्यक सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता जनाए । उनले भने, ‘जनप्रतिनिधिले विकास निर्माणमात्र हैन ठूला पुर्वाधार निर्माण र दीर्घकालिन विकास गर्न आवश्यक छ ।’

वडा नं १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा हालसम्म वडाले गरेका विकास निर्माणका कामहरु बारे जानकारी गराइएको थियो । स्थानीय निर्वाचनमा जनता माझ लगेको घोषणापत्र अनुसार ८० प्रतिशत भन्दा बढि काम सम्पन्न भएको विवरण उनले पेश गरेका थिए ।

नेकपा नेताहरु सुन्दर पुर्कुटी, रविन अधिकारी, राजु अधिकारी लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन वडा सदस्य पुरुषोत्तम नेपालले गरेका थिए भने नेकपा नेता माधव भट्टराईले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्