नेपाल एयरलाइन्सका २५ पाइलटले दिए सामूहिक राजीनामा



१० माघ २०७६, काठमाडौं

नेपाल एयरलाइन्सका दुई दर्जन बढी पाइलटले सामूहिक राजीनामा पत्र बुझाएका छन्।

सेवा सुविधामा विभेद भएको भन्दै बिहीबार पाइलटहरुले राजीनामा पत्र लेखिएको व्यवस्थापनसमक्ष बुझाएका हुन्। नेपाल एयरलाइन्सका निमित्त कार्यकारी निर्देशक गणेशबहादुर चन्दले पाइलटहरुले विभिन्न माग राख्दै सामूहिक राजीनामा पत्र बुझाएको जानकारी दिएका छन् । उनले भने,विदेशी र स्वदेशी पाइलटबीच सेवा सुविधामा विभेद गरेको भन्दै २ दर्जन पाइलटले बिहीबार लिखितपत्र बुझाएका हुन्।

अन्तर्राष्ट्रिय उडान भर्ने निगमका ४० पाइलटमध्ये २५ जनाले सामूहिक राजीनामा दिएका हुन्। राजीनामा दिने सबै स्थायी पाइलट हुन्। राजीनामा बुझाउनेमध्ये १५ जना क्याप्टेन हुन् भने १० जना को पाइलट हुन्।

प्रतिक्रिया दिनुहोस्