सुकुमेल: कोलेस्ट्रोलदेखि क्यान्सरसम्मको निदान



०९ माघ २०७६, काठमाडौं

नेपाली भान्सामा मसलाको रुपमा प्रयोग गरिने सुकुमेल स्वास्थ्यका लागि निकै फाईदाजनक मानिन्छ। यसले ग्यास्ट्रिकबाट बचाउनका साथै कोलेस्ट्रोल तथा क्यान्सर नियन्त्रण गर्दछ। मुटुसम्बन्धी समस्याबाट राहत दिनका साथै रक्तसन्चारमा सुधार गर्दछ।

यसका साथै यो दाँतसम्बन्धी रोग र मुत्रनली संक्रमण जस्तैः सिस्टाइटिस, नेफ्राइटिस र गोनोरियाको उपचारका लागि पनि फाइदाजनक मानिन्छ। यो नपु‌ंसकता, यौन उत्तेजना नहुने र चाँडै वीर्य झर्ने समस्या पनि समाधान गर्दछ।

खासगरी भारत, नेपाल र भुटानको प्रमुख मसला मानिन्छ। भारत, चीन, भुटान, भियतनाम, मलेसिया, कोरिया र जापानका उष्ण क्षेत्रमा बढी मात्रामा सुकमेल पाइन्छ।

यसलाई मसलाको रानी पनि भनिन्छ। जो मुल्यका हिसाबले तेस्रो महंगो मसला मानिन्छ। १ सय ग्राम सुकुमेलमा इनर्जी ३ सय क्यालोरी, कार्बोहाइड्रेट ८ ग्राम, प्रोटिन ११ ग्राम, फाइबर २८ ग्राम पाइन्छ भने कोलेस्टेरोलको मात्रा शुन्य हुन्छ।

यो भिटामिन र सुक्ष्मपोषक तत्वले भरपुर हुन्छ। यसमा नियासिन, पाइरिडोक्सिन, रिवोफ्लाभिन, थियामाइन, भिटामिन ए, भिटामिन सी, सोडियम, पोटासियम, क्याल्सियम, कपर, आइरन, म्यांगनिज, म्याग्नेसियम, फोस्फोरस र जिंक पाइन्छ।

सुकमेलका फाइदा कोलेस्ट्रोल क्यान्सर रोकथाम गर्नका साथै मुटुको पनि रक्षा गर्दछ। डिप्रेसन हटाउन सहयोग गर्दछ। ग्यास्ट्रिक रोग रोकथाम गर्दछ।

एन्टीमाइक्रोबियल तत्व पाइन्छ। पीडानाशक तत्व पाइन्छ। दाँतको समस्या समाधान गर्दछ। दमको समस्या समाधान गर्दछ। रक्तसन्चार सुधार गर्दछ। घाँटी सुकेको र बान्तामा उपयोगी हुन्छ पिसाबसम्बन्धी समस्या समाधान गर्दछ। श्वासको दुर्गन्ध हटाउने लगायतका फाइदा हुन्छन्।

प्रतिक्रिया दिनुहोस्