अब पिशावबाटै मोवाईल चार्ज गर्न सकिने



०९ माघ २०७६, काठमाडौँ

सुन्दा अचम्म लाग्न सक्छ । तपाईलाई अचम्म लाग्नु स्वभाविक पनि हो कि पिशावबाट नै स्मार्ट फोन चार्ज हुन्छ भनेर तर, यसलाई सम्भव तुल्याउनका लागि अध्ययन भने सुरु भइसकेको छ ।

जुन अध्ययन अनुसन्धान एउटा अनौठा लग्दो विषय हो । तर, पिशावबाट विजुलीको करेन्ट निकाल्नको लागि बेलायतका वैज्ञानिहरु जुटेका छन् ।

बेलायतको ब्रिस्टल रोबोटिक्स ल्याबका वैज्ञानि यस प्रोजेक्टमा काम गरेका छन्। यो प्रयोगबाट वैज्ञानिकले इलेक्ट्रो एक्टिव शुक्ष्मजीवलाई कैयन सिलिण्डरमा भरेका छन् ।जुन शुक्ष्मजीव  पिशावमा हुन्छ । यसरी शुक्ष्मजीवबाट विजुलीको उत्पादन हुन्छ ।

२ लिटर पिशावबाट ३० देखि ४० मिलिवाट विजुली उत्पादन गर्न सकिन्छ । यो विजुलीबाट स्मार्ट फोन रिचार्जदेखि कोठामा बत्ती बाल्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्