
०९ माघ २०७६, काठमाडौं
पिसाब चुहिने समस्या जन्मजातै पनि हुन सक्छ। बच्चाहरूमा पिसाबको नली पिसाबथैलोमा जोडिएको हुनुपर्नेमा पिसाब रोक्ने मेकानिजमभन्दा बाहिर जोडिँदा पिसाब चुहिने हुन्छ। बच्चादेखि नै पिसाब चुहिरहेको छ भने यो जन्मजात रोग हो।
चिकित्सकहरुका अनुसार, यदि पछि पिसाब चुहिन थालेको हो भने यसको कारण पिसाबथैली कमसल हुनाले यस्तो हुन्छ। ओभर याक्टिभ ब्लाडर अर्थात् पिसाबको थैलो बढी सक्रिय हुँदा यस्तो हुन्छ। पिसाब त रोक्न सकिन्छ। तर ओभर याक्टिभ ब्लाडर हुँदा पिसाब लाग्यो कि चुहिलाल्छ।

त्यस्तै, खोक्दा, हाच्छ्यिूँ गर्दा पेटको प्रेसर बढेको खण्डमा पनि पिसाब रोक्न नसक्ने समस्या हुन्छ। तनावका बेला प्रसर बढेपश्चात् पिसाब चुहिन्छ। ढाडमा चोट लागेका बेलमा पनि थैलीले राम्रोसँग पिसाब जम्मा गर्न सक्दैन। पिसाब चुहिरहने समस्या एक रोग नै हो। जसको रोकथामका लागि डाक्टरसँग उपयुक्त परामर्शको खाँचो हुन्छ। मानिसले थाहै नपाईकन पिसाब चुहिन्छ।
पिसाबको थैली तथा नलीमा इन्फेक्सन भएका कारणले पनि पिसाब पोल्ने समस्या हुन्छ। पिसाबमा आएकाको खराबीका कारण वा पिसाबमा बढी एसिड भएकाले पनि पिसाब पोल्ने समस्या देखिने चिकित्सकहरु बताउँछन्। कहिले–काहीँ मूत्ररोगका कारणले पनि पिसाब पोल्न सक्छ। असुरक्षित यौनसम्पर्कपश्चात् पनि पिसाब पोल्न सक्छ।

जहाँसम्म पिसाब पोल्ने कुरा छ। सामान्यतयाः पिसाब इन्फेक्सनका कारणले पोल्ने गर्दछ। केहिले–काहीँ पानीको मात्रा ज्यादै कम भयो भने वा डिहाइड्रेसन भयो भने एकदमै डार्क पिसाब हुन्छ। जसलाई कन्सन्ट्रेटेड पिसाब भनिन्छ। यस्तोमा पिसाब पोल्ने गर्दछ। जस्तो कि, कडा एक्सरसाइज गर्दा वा धेरै कुद्दा पनि पिसाब यस्तो हुने गर्छ। त्यसैले पानी कम खानाले पनि पिसाब पोल्ने गर्छ।
पिसाबको थैली तथा नलीमा इन्फेक्सन भएका कारणले पनि पिसाब पोल्ने समस्या हुन्छ। पिसाबमा आएको खराबीका कारण वा पिसाबमा बढी एसिड भएकाले पनि पिसाब पोल्ने समस्या देखिन्छ। कहिले–काहीँ मूत्ररोगका कारणले पनि पिसाब पोल्न सक्छ। असुरक्षित यौनसम्पर्कपछि पनि पिसाब पोल्न सक्छ।





