गर्भवती महिलाले थाइराइडको औषधी सेवन गर्न मिल्छ कि मिल्दैन?



०९ माघ २०७६, काठमाडौं

गर्भावस्थामा कहिले–काहीँ थाइराइडको समस्या देखिने सम्भावना हुन्छ।

यो अवस्थामा गर्भवती महिलाले आफूले–आफूलाई निकै कियर गर्नुपर्ने हुन्छ। त्यसैले, यो अवस्थामा औषधी खाना मिल्छ कि मिल्दैन?

जान्नुहोस्…..

गर्भवस्थामा यस्तो समस्या देखिएमा औषधी सेवन गर्नुपर्ने अवस्था समेत आउन सक्छ। गर्भ कति महिनाको हो? रिपोर्ट कस्तो छ? यी सबै कुराका आधारमा मात्रै औषधी सेवन गर्नु राम्रो हुन्छ।

यदि थाइराइडको समस्या छ भने नियमित औाषधि सेवन गरेर स्वस्थ बच्चा जन्माउन सकिन्छ। तर कहिले–काहीँ त्यसले बच्चालाई तलमाथि गराउने सम्भावना पनि हुन्छ।

तपाईँको समस्या सबैभन्दा पहिला त सम्बन्धित डाक्टरलाई देखाउन जरुरी हुन्छ। यदि कुनै डाक्टरलाई देखाएर प्रेस्क्राइब गराउनुभएको छ र त्यसअनुसार औषधि मिलाउनुभएको छ भने थाइराइडको औषधी खाएमा खासै असर नपर्ने सम्बन्धित चिकित्सकहरु बताउँछन्।

चिकित्सकहरुका अनुसार, औषधि खाना सुरु गरेको एक महिनापश्चात् पुनः जाँच गरी रिपोर्टसहित डाक्टरलाई भेट गर्नुपर्दछ।

प्रतिक्रिया दिनुहोस्