समाजवादीलाई प्रचण्डको निम्तोः चुलो, एउटै बनाऔं



०८ माघ २०७६, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, उपेन्द्र यावद र नेता अशोक राईलाई राईलाई नेकपामा आउन आग्रह गरेका छन्।

बुधबार (आज) प्रचण्ड निवास खुमलटारमा समाजवादी पार्टी परित्याग गरेर नेकपामा प्रवेश गरेका नेता/कार्यकर्ताहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। अलग चुलाचौका राखेर कुनै पनि पार्टी बलियो नहुने प्रचण्डको भनाई थियो।

‘पार्टी प्रवेशमा आउनुभएका साथीहरुले सुनाउनुभयो। समाजवादी पार्टीमा अशोक राई, बाबुराम भट्टराईलगायत नेता पनि निरीह भएको अवस्था भएको भन्ने कुरा छ।’ प्रचण्डले भने, ‘मलाई थाहा छैन। तर, त्यो सत्य हो भने, बाबुराम, अशोक मात्रै होइन। उपेन्द्रजी पनि नेकपामा आए राम्रो हुन्छ। अलग-अलग चुलाचौका लगाएर केही हुँदैन।’

यस्तै उनले अन्य पार्टीबाट देशको समृद्धि र विकास नहुने भन्दै नेकपाबाट मात्र त्यो सम्भव भएको जिकिर समेत गरे।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्