समाजवादी पार्टीका सहायक प्रवक्तासहित ४२ जना नेकपामा प्रवेश



०८ माघ २०७६, काठमाडौं

डा. बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीका सहायक प्रवक्ता रामप्रसाद रिजालसहित अन्य ४२ जना नेकपामा प्रवेश गरेका छन्।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार रिजालसहित अन्य ४२ जना कार्यकर्तालाई नेकपामा स्वागत गरेका हुन्।

प्रचण्ड निवास खुमलटारमा आज साँझ आयोजना गरिएको  पार्टी प्रवेश कार्यक्रममा उनीहरुले समाजवादी परित्याग गरी नेकपामा प्रवेश गरेका हुन्।

रिजालले समाजवादीले जनचाहनाअनुसार काम गर्न नसकेको र क्षेत्रीय दलको रुपमा आफूलाई सीमित राखेकाले पार्टी परित्याग गरेको बताए।

प्रतिक्रिया दिनुहोस्