कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक [तालिका सहित]



०८ माघ २०७६, काठमाडौं

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ र ११ को वार्षिक परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

कक्षा १२ को २०७७ वैशाख ८ गते सोमबारदेखि र कक्षा ११ को २०७७ वैशाख २१ गते आइतबारबाट सञ्चालन गर्ने भएको छ । परीक्षा बोर्डले बुधबार सूचना प्रकाशन गरेर यसबारे जानकारी गराएको हो ।

परीक्षा साधारण (संगीत, ललितकला र संस्कृत) तथा प्राविधिक विषय समूहको परीक्षा एकै मितिमा सञ्चालन गर्ने बोर्डले निर्णय गरेको हो । बोर्डका अनुसार कक्षा १२ को परीक्षा वैशाख १८ गतेसम्म सञ्चालन हुनेछ ।

कक्षा ११ को परीक्षा वैशाख ३१ गते सम्पन्न हुनेछ । नियमित, ग्रेडवृद्धि र आंशिक विद्यार्थीका परीक्षा पनि एकै समयमा सञ्चालन हुने बोर्डले जनाएको छ ।

परीक्षा तालिका :

प्रतिक्रिया दिनुहोस्