यी हुन् श्रीमती महिनावारी हुँदा हरेक श्रीमानले ध्यान दिनुपर्ने कुराहरु



०८ माघ २०७६, काठमाडौं

महिनावारीको क्रममा महिलामा विभिन्न शारिरिक र मानसिक परिवर्तन आउने गर्दछन्।

यसै क्रममा महिलाले आफ्नो पुरुष पार्टनरसँग सहयोग र सहानुभूतीको आशा गर्दछन्। र आशा अनुरुप नतिजा पाए महिलाहरुको आधा पीडा कम हुने गर्दछ।

त्यसैले, महिनावारीको क्रममा यसो गर्नुहोस् श्रीमानले…..

हट वाटर ब्याग दिनुहोस्

महिनावारी हुँदा पेट दुख्नु साधरण कुरा हो। हट वाटर ब्यागमार्फत पेट दुखाईबाट राहत पाउन सकिन्छ।

मूडलाई बुझ्नुहोस्

महिनावारी हुँदा महिलामा चिड्चिडापन बढ्ने गर्दछ। उनको मूड बुझेर आपसी सहयोग गर्नुहोस्।

डार्क चकलेट खुवाउनुहोस्

डार्क चकलेटमा पाइने फ्लेवनाइड्सले मूडलाई राम्रो बनाउने गर्दछ। त्यसैले, श्रीमतीलाई डार्क चकलेट खुवाउनुहोस्।

तरकारी र फलफूल खुवाउनुहोस्

केरा, मेवालगायतका फलफूल र हरिया तरकारीले महिनावारीको समस्यालाई कम गर्दछ। त्यसैले यो समयमा यी फलफूलहरु खुवाउनुहोस्।

मसाज गर्नुहोस्

महिनावारीका बेला महिलालाई कम्मर दुख्ने लगायत विभिन्न समस्या हुने गर्दछ। त्यसैले यो अवस्थामा मसाज गर्नुभयो भने तपाईँको हल्का हातको मसाजले उनलाई राहत मिल्छ।

व्यायाम गराउनुहोस्

हल्का–फूल्का व्यायाम वा योगाबाट पेट र ढाड दुखाईबाट राहत प्राप्त हुन्छ। त्यसैले, आफ्नो श्रीमतीलाई व्यायाम गराउनुहोस्।

चिया–कफी वा मसालेदार खानेकुरा नदिनुहोस्

मसालेदार खानेकुरा र क्याफेनले महिनावारीको पीडालाई बढाउने गर्दछ।त्यसैले, चिया–कफी वा मसालेदार खानेकुरा खाना नदिनुहोस्।।

धेरैभन्दा धेरै पानी पिउन लगाउनुहोस्

महिनावारी हुँदा शरिरमा जति पानी हुन्छ। पीडा त्यति नै कम हुने गर्दछ। त्यसैले पर्याप्त मात्रामा पानी पिलाउनुहोस्।

आराम गर्न दिनुहोस्

तपाईँको पार्टनरलाई महिनावारी हुँदा धेरै काम गर्न नदिनुहोस्। आराम गर्दा समस्या कम हुने हुँदा यो समयमा अराम गराउनुहोस्।

डाक्टरलाई भेट्नुहोस्

यदि रक्तश्राव अत्यधिक भइरहेको छ भने डाक्टरलाई भेट्न जानुहोस्।

प्रतिक्रिया दिनुहोस्