प्रेमिको मृत्युपछि युवतीले गरिन् उनको लाससँगै विवाह



०८ माघ २०७६, काठमाडौं

भनिन्छ नि, कहिले–काहिँ त यो संसार नै प्रेमकै कारण अडिएको छ। यहि प्रेम नहुदो हो त यो संसारको नै सृष्टि हुने थिएन होला। भनिन्छ नि, प्रेम एउटा त्याग पनि हो। अनि सर्मपण पनि हो। सच्चा प्रेमी–प्रेमिकाले आफ्नो प्रेमका लागि केही न केही त त्याग गरेकै हुन्छन्।

यस्तै एक उदाहरण बनेका छिन् एक थाइ युवती। नान थिप्हारटन नाम गरेकी उनले हृदयघातका कारण आफ्नो प्रेमीको मृत्यु भएपश्चात् उनको लाससँगै विवाह गरेकी छिन्। यो खबर सुन्दा तपाईँलाई अचम्म लाग्ला। तर यो सत्या घट्ना हो।

प्रेमीको मृत्यु पश्चात् दाहसंस्कारको क्रममा उपस्थित भएकी उनले दाहसंस्कारकै क्रममा विवाह गरेकी हुन्। उनले आफूले प्रेममा हुँदाको समयमा बाचा कसम पुरा गर्नका लागि प्रेमीको शवसँग विवाह गरेको सामाजिक सञ्जालमार्फत बताएकी छिन्।

उनले आफ्नो मायाको समर्पणका लागि यस्तो गरेको बताउँदै भनिन् उनको लाससँग विवाह पश्चात् मेरो मनमा शान्ति छाएको छ। प्रेमीप्रतिको त्यागका लागि यस्तो गरेको बताउने उनी आफ्नो बाँकी जिन्दगी प्रेमीको सम्झनामा एक्लै बिताउने बताउँछिन्।

फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस्