सुनको भाउ घट्यो, आज प्रतितोला कति ?



०८ माघ २०७६, काठमाडौं

सुनको भाउ घटेको छ । बुधबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार नेपाली बजारमा सुन तोलाको ७४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन तोलाको ७५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि तोलाको १५ रुपैयाँ सस्तो भएको छ। चाँदी तोलाको ८८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्