रुखसँग विवाह गर्दै युवती



०८ माघ २०७६, काठमाडौं

तपाईँले समलिंगी विवाह त पक्कै सुन्नुभएकै होला। तर, रुखसँग विवाह भने सुन्नुभएको छैन होला। अस्ट्रेलियाका एक महिलाले पुरुषसँग होइन रुखसँग विवाह गर्ने फैसला गरेकी छिन्।

एम्मा नामकी महिलाले रुखको नाम टिम राखेकी छिन्। उनले कुनै पुरुषको साथमा भन्दा रुखसँग सम्बन्ध राखेकोमा खुशी भएको बताएकी छिन्। एम्माले कुनै पुरुषले दोस्तीको रुपमा अफर गरेपनि आफुले अस्विकार गर्ने जानकारी दिएकी थिइन।

उनको यस्तो फैसलापश्चात परिवारले कुनै प्रतिक्रृया भने दिएको छैन। एम्माको रुखसँग विवाह गर्ने फैसला सुनेर चिकित्सकले उनलाई डेंडोफीलिया नामको रोगबाट पीडित भएको बताएका छन्।

यो रोगका बिरामी रुखप्रति यौन आर्कषण हुने गर्छन्। यसैकारण एम्माले रुखसँग विवाहको योजना गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्