
०८ माघ २०७६, काठमाडौंं
जनकपुरधाममा व्यापारीसँग घुस लिएको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन्।
सिरहाको सुखीपुरबजारबाट बुधबार बिहान इलाका प्रहरी कार्यालय सुखीपुरमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई पाँच हजार रुपैयाँ घुससहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।
एक व्यापारीसँग घुस लिने बित्तिकै प्रहरी जवान यादवलाई सुखीपुर बजारबाटै नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले जनाएको छ।
भारतीय बजार लदनियाँबाट समान ल्याउन मद्दत गरिदिने भन्दै यादवले व्यापारीसंग घुस लिएको बताइएको छ। अख्तियारको टोलीले यादवलाई बर्दिबास कार्यालय लगेको छ।





