
०७ माघ २०७६, काठमाडौं
सातदिने नेपाल भ्रमणमा आएकी बेल्जियमका राजकुमारी एस्ट्रिडले मंगलबार भक्तपुर दरबार परिसर र टौमढी क्षेत्रका पुरातात्विक महत्वका सम्पदाको स्थलगत अवलोकन गरेकी छिन।
राजकुमार लोरेन्ज र नेपालका लागि बेल्जियमका राजदूत जान माथीसेनका साथ आएकी राजकुमारी एस्ट्रिडले भक्तपुर दरबार स्क्वायरस्थित तलेजु मन्दिर परिसर, ५५ झ्याले दरबार, सिद्धिलक्ष्मी मन्दिर, बत्सला मन्दिर तथा टौमढी क्षेत्रस्थित पाँचतल्ले र भैरबनाथ मन्दिर लगायतका पुरातात्विक तथा ऐतिहासिक सम्पदाको अवलोकन गरेकी हुँन् ।
राजकुमारी एस्ट्रिडसहितको टोलीले टौमढीमा भक्तपुर नगरपालिकाले प्रस्तुत गरेको प्रसिद्ध देवी नाच र लायकु क्षेत्रमा लाखे नाच समेत अवलोकन गरेकी छिन् ।
फोटो फिचर :










