अध्ययन भन्छः स्लिम केटीहरुको तुलनामा मोटी केटीसँग विवाह गर्ने पुरुष १० गुणा बढी खुशी



०७ माघ २०७६, काठमाडौैं

विवाह एक सास्वत सत्य हो। विवाहको फल खाने पनि पछुताउँछ नखाने त झन नपछुताउने कुरै भएन भनेर कहानी नै बन्ने गर्दछ। यो बीचमा विवाहलाई लिएर अनेक मान्यता रहँदै आएका छन्।

विशेषगरि स्लिम केटीहरु आर्कषक हुने मान्यता रहँदै आएको छ। तर पछिल्लो समय एक अनुसन्धानका अनुसार यो कुरा गलत रहेको प्रमानित गरेको छ।

अनुसन्धानका अनुसार अधिकांश पुरुषहरु मोटी महिला मन पराउँछन्। यसकारण कि, सबैभन्दा पहिला त मोटी केटीहरु श्रीमानलाई धेरै माया गर्छन र हरेक समयमा साथ दिन्छन् भन्नुको अर्थ सजिलै छोडेर जान सक्दैनन्।

नेशनल अटोनान्मस यूनिवर्सिटी अफ मेक्सिकोंले गरेको अध्यनमा स्लिम केटीहरुको दाँजोमा मोटी केटीहरुसँग सम्बन्धमा रहेका पुरुषहरु धेरै खुशी हुन सक्छन्।

अध्ययनमा भनिएको छ कि स्लिम केटीहरुको तुलनामा मोटी केटीसँग विवाह गर्ने पुरुष १० गुणा धेरै खुशी रहन सक्छन्। यस्ता महिलाहरु पुरुषलाई सिक्स प्याक लगायतका शारीरिक रुपमा तनाब हुने खालका कामहरु गर्न दबाब दिदैनन्। तर स्लिम केटीहरु यस्ता कुराहरुमा दवाव दिन्छन्।

अर्को कुरा जो महिला मोटी छिन्। उनलाई मिठो परिकारहरु बनाउन झण्डै ९९ प्रतिशत आउने सम्भावना हुन्छ। यसरी खानेकुरामा पनि उनले श्रीमानको मन जित्न सक्छिन्। अन्य कामहरुमा केही अल्छी गर्ने भए पनि खानेकुरामा मोटी केटीहरु अल्छी गर्न सक्दैनन्।

अध्ययन भन्छ, मोटी महिलासँग सम्बन्धमा भएको केटा मानसिक रुपमा कहिल्यै तनाव नलिने प्रकृतिको हुन्छ। यसर्थः मोटी महिलाहरु श्रृंगार देखि लिएर अन्य विविध कुराहरुमा केटालाई दुःख दिने स्वभावका हुँदैनन्।

एउटा सत्य के हो भने जो मानिस मानसिक रुपमा ठिक हुँदैन उ नै धेरै दुब्लो पातलो हुन्छ। मोटी महिलाहरु कुनै पनि कुरा मनमा राखेर षडयन्त्र गर्ने खालका हुँदैनन्। उनीहरु मनमा भएको कुरालाई तत्काल भन्छन तर पछि सम्म राखेर बदला लिने स्वभावका हुँदैनन्। यसरी दाम्पत्य जीवन खुशी र सफल हुन्छ। उनीहरुले सन्तानलाई पनि यसरी नै प्रेम गर्छन् साथै परिवारलाई पनि।

प्रतिक्रिया दिनुहोस्