नाङ्गो फोटो फेसबुकमा राखिदिने धम्की दिँदै पटक–पटक बलात्कार



०७ माघ २०७६, काठमाडौं

मोरङमा युवतीलाई धम्की दिँदै बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका–७ का २५ वर्षीय रविन आचार्य रहेका छन्।

सामाजिक संजालमा फोटो राखिदिने धम्की दिँदै पटक–पटक बलात्कार गरेको भन्दै एक विवाहित महिलाले जाहेरी दिएपश्चात् उनलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आचार्यले प्रारम्भिक अनुसन्धानका क्रममा दिएको बयानमा बलात्कार गरेको खुलेको छ। उनले फेसबुकमार्फत् डर देखाउँदै धम्की दिएर युवतीलाई ‘ब्ल्याकमेल’ गर्ने गरेको प्रमाणहरु फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आफूले भनेको नमाने नाङ्गो फोटो सामाजिक सञ्जालमा भाइरल बनाइदिने भन्दै ‘ब्ल्याकमेल’ गर्दै बारम्बार बलात्कार गर्दै आएका थिए। बारम्बार घटना दोहोरिन थालेपश्चात् युवतीले यो कुरा श्रीमानलाई सुनाएर प्रहरीमा जाहेरी दिएकी हुन्।

पक्राउ परेका युवाले पनि घटना स्वीकार गरेका छन्। प्रहरीका अनुसार युवतीलाई आफ्नो फेसबुक म्यासेन्जरमा विभिन्न हिसाबले ‘ब्ल्याकमेल’ गर्दै नाङ्गा फोटाहरु पठाउन प्रस्ताव गर्दै दबाब दिएको पनि खुलेको छ।

प्रतिक्रिया दिनुहोस्