सभामुखमा सापकोटा निर्विरोध



०७ माघ ३०७६, काठमाडौं

प्रतिनिधि सभाको सभामुखमा सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य तथा नेता अग्नी प्रसाद सापकोटा निर्विरोध चयन हुने भएका छन्।

मंगलबार (आज) उम्मेदवारी दर्ताका लागि निर्धारण गरिएको समयमा सापकोटाको बाहेक अन्य कुनै पनि दलको उम्मेदवारी नपरेपछि सापकोटा निर्विरोध चयन हुने निश्चित भएको हो।

यसको औपचारिक घोषणा भने आगामी १२ माघमा बोलाइएको संसद् बैठकबाट हुने संसद् सचिवालयले जानकारी दिएको छ।

सचिवालयले आज ११ देखि २ बजेसम्मको समय सभामुखको उम्मेदवारी दिने समय भएको कार्यतालिका सार्वजनिक गरेको थियो।

सापकोटाले आज बिहान संसद् भवन बानेश्वर पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

यसअघि मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको थियो।

यौन दुर्व्यवहारको आरोप लागेका पूर्व सभामुख कृष्ण बहादुर महराले गत १४ असोजमा राजीनामा दिएपछि सभामुख पद रिक्त छ।

प्रतिक्रिया दिनुहोस्