छात्राले होस्टेलभित्रै जन्माइन् मृत शिशु



०७ माघ २०७६, काठमाडौं

पछिल्लो समय टिनएज प्रेगनेन्सी वा किशोरी अवस्थामा नै गर्भवती बन्ने घटना संसारभर विकराल बन्दै गईरहेको छ। किशोरावस्थामा नै गर्भवती भनेपछि भ्रूण हत्या गर्ने वा गर्भपतन गराउने घटना पनि उत्तिकै बढिरहेका छन्। यसैक्रममा ११ कक्षामाअध्ययनरत एक किशोरीले मृत शिशु जन्माएकी छिन्।

उक्त घट्ना भारतको हो। समाचार अनुसार छत्तीसगढको दंतेवाडामा ११ कक्षामा अध्ययनरत एक छात्राले अस्पतालमा एक बच्चालाई जन्म दिएकी हुन्। ती किशोरीले जन्माएको जवजात शिशु मृत रहेको समेत भारतीय समाचार माध्यमले जनाएका छन्।

होस्टेलमा बस्दै आएकी किशोरीको अवस्था खराब हुँदै गएपश्चात् उनलाई अस्पतालमा भर्ना गरिएको र अस्पतालमा नै उनले मृत शिशु जन्माएको बताइएको छ।

तर किशोरीले होस्टेलभित्रै बच्चा जन्माएको र वार्डनको मिलोमतोपश्चात् अस्पताल लगिएको स्थानीयबासीले आरोप लगाएका छन्। उक्त घटनापश्चात् होस्टेलकी वार्डन हेमलता नागलाई निलम्बित गरिएको छ। नागलाई घटनाबारे जानकारी रहेको तर लुकाउन खोजेको आरोप समेत लगाइएको छ।

दंतेवाडाको पताररसमा ११ कक्षामा अध्ययनरत १७ वर्षीया ती छात्राले मध्यरातमा बच्चा जन्माएकी थिइन्। बच्चा जन्माउने बित्तिकै अभिभावकलाई ती छात्रा बिरामी भएको भन्दै वार्डनले बोलाएको र पछि उनलाई अस्पताल लगिएको थियो।

घटना बाहिर आएलगत्तै होस्टेल वार्डनलाई निलम्बन गरिएको छ। साथै घटनाबारे छानबिन गर्न एक टोली समेत गठन गरिएको छ। छानबिनचात् दोषीलाई के कस्तो कारबाही गर्ने भनेर तय गरिने अधिकारीहरूले बताएका छन्।

भारतीय समाचार एजेन्सी एएनआईले ती छात्राले मध्यराति मृत शिशु जन्माएको बताएको छ। ‍किशोरीले आफ्नै गाउँका एक युवकसँग सम्बन्धमा रहेको समेत बताएको समाचारमा उल्लेख छ।

समाचार अनुसार बुधबार बिहान पेट दुखेको बताएकी थिइन्। त्यसपश्चात् उनका अभिभावकलाई बोलाएको थियो। लगत्तै उनलाई अस्पताल लगिएको थियो। अस्पतालमा बच्चा जन्माएपछि अभिभावक स्तब्ध भएका थिए।

विद्यालय प्रशासनले मृत बच्चासहित किशोरीलाई उनको परिवारसमक्ष सुम्पेको थियो। होस्टेले वार्डनले घटनालाई लुकाउन ती छात्रा बिरामी भएको भन्दै घर पठाइएको बताएकी थिइन।

प्रतिक्रिया दिनुहोस्