तुम्बाहाङ्फे मन्त्री बनाउने प्रधानमन्त्रीको आश्वासन



०७ माघ २०७६, काठमाडौं

उपसभामुखबाट राजीनामा दिनुभएकी डा. शिवामाया तुम्बाहाङ्फेलाई मन्त्री बनाउने तयारी भइहेको छ ।

तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सोमबार बालुवाटार बोलाएर नयाँ जिम्मेवारीको आश्वासन दिनुभएको छ ।

अध्यक्षद्वय ओली र दाहालले महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङसँगै राखेर तुम्बाहाङ्फेलाई नयाँ जिम्मेवारीको आश्वासन दिनुभएको स्रोतले जनाएको छ ।

अहिले कानुन मन्त्रालय भानुभक्त ढकालले स्वास्थ्य र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्काटाले शहरी विकास मन्त्रालयको जिम्मेवारी समेत समाल्नुभएको छ । तुम्बाहाङ्फेले यी दुई मध्ये कुनै एक मन्त्रालय पाउने स्रोतले जनाएको छ । नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्