सभामुखका उम्मेदवार सापकोटाद्वारा उम्मेदवारी दर्ता



०७ माघ २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेपपा) का स्थायी समिति सदस्य तथा नेता अग्नी प्रसाद सापकोटाले सभामुख पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।

सापकोटाले मंगलबार (आज) संघीय संसद भवन नयाँ बानेश्वर पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ रहेका छन्।

यस्तै सापकोटाको समर्थकका रुपमा सांसदहरु देव गुरुङ, ओनसरी घर्ती मगर र राजपाका लक्ष्मणलाल कर्ण छन्।

उम्मेदवारी आज बिहान ११ बजेदिख दिउँसो २ बजेसम्मका लागि तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्