
०७ माघ २०७६, काठमाडौं
पश्चिमी वायु सक्रिय हुँदा आज पनि देशको पश्चिमी भेगका पहाडी र उच्च हिमाली क्षेत्रमा हिमपात हुने मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाडौं उपत्यका र मध्य तथा पूर्वी भेगको मौसम आंशिकदेखि सामान्य बदली रहने तथा पश्चिम भेगमा भने पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभुति पोखरेलले जानकारी दिइन्।
मौसम बदली भएपनि यसअघि झैं पानी पर्ने सम्भावना भने कम छ। राती भने देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य वदली रहने र पूर्वका केही उच्च स्थानमा हिमपात हुने पूर्वानुमान गरिएको छ।
आज बिहान काठमाडौं उपत्यकाको न्यनुतम तापक्रम २ दशमलब ८ डिग्री सेल्सियस मापन गरिएको छ।





