यी हुन् आरामदायी जीवनका लागि टिप्स



०७ माघ २०७६, काठमाडौं

भनिन्छ, जीवनमा सफल हुनु भनेको आफ्नो जीवनका हरेक कथाहरूको सन्तुलन मिलाउनु हो। सफलता र खुसी परिवार पर्यायवाची जस्तै हुन्।

यदि कसैले परिवार नै मिलाउन सक्दैन भने उसले व्यवसायसमेत राम्ररी गर्न सक्दैन भन्ने गरिन्छ। यद्यपि, एउटा व्यक्तिमा सम्पूर्ण पारिवारिक खर्च धान्नुपर्ने भएकाले लामो समय काममा बिताउनुपर्दा दबाब हुन्छ।

यसरी बढी व्यावसायिक हुनुपर्दा परिवारलाई पर्याप्त समय दिन सकिदैन। र, भौतिक सुखकाबीच पनि कतिपय अवस्थामा परिवारभित्र तनावसमेत सिर्जना भइरहेको हुन्छ। अनि, आफ्नो जीवन पनि थप संघर्षपूर्ण भइराखेको हुन्छ।

जसका लागि यी नियम पालना गर्न सकेमा आफ्नो समस्याबाट बच्न सकिन्छः

कहिले–काहीँ बिदा लिने

सधैँ काममा ध्यान केन्द्रित गर्नुपर्ने व्यक्तिको बाध्यता हुन्छ। यद्यपि, जीवन सन्तुलित बनाउन काममा केही समय विश्राम लिन जरुरी हुन्छ। यसका लागि हप्तामा कुनै दिन बिदा लिएर घुम्न जाने वा एकान्तमा बस्ने गर्नुपर्दछ।

जसले हरेक विषयमा सोच्ने समय प्रदान गर्दछ। यसो गर्दा कामबाट हुने तनाव कम गर्नुका साथै महत्वपूर्ण काममा ध्यान दिनसमेत मद्दत पुर्‍याउँछ।

आफूलाई प्राथमिकता दिने

कामको चापबाट हुने तनावलाई कम गर्न आफूलाई मन पर्ने अन्य क्रियाकलाप गर्न सकिन्छ। जस्तै, कार्यालयमै रहँदासमेत आफूले विगतमा गरेका कामहरू केलाउन सकिन्छ। आत्ममूल्यांकन गर्दा आफ्ना कमी–कमजोरी छुट्याउन मद्दत पुर्‍याउँछ। अनि, थप काम गर्नसमेत जागरुक बनाउँछ।

हुँदैन भन्न सिकौँ

कुनै विषय महत्वपूर्ण छ वा छैन भनेर निर्णय लिन सक्नुपर्छ। हुन पनि कतिपय काम हामीले नचाहेर समेत भइरहेका हुन्छन्। सम्बन्ध बिग्रने, अरूका अगाडि बेइज्जत हुने डरले आफू नरम बन्ने बानीले जीवनमा धेरै नोक्सान हुन सक्छ।

यस्ता विषयले पछि तनाव दिनुका साथै सफलतामा समेत बाधा पुग्ने हुन्छ। यसर्थ, नचाहेका कुरा अस्वीकार गर्ने बानी गर्नुपर्छ।

सोच्न र रमाइलो गर्न एक घन्टा समय लिने

रमाइलो गर्न वा आफ्नो बारेमा सोच्नका लागि दिनमा कम्तीमा पनि एक घन्टा समय छुट्याउनुहोस् । यो समयमा आफूलाई मन पर्ने पुस्तक पढ्ने, साथीहरूसँग रमाइला गफ गर्नेजस्ता क्रियाकलाप गर्नुपर्छ ।

परिवारसँग प्रशस्त समय बिताउने

परिवारसँग प्रशस्त समय बिताउँदा आत्मीयता महसुस हुन्छ । दिनभरिको कामको बोझले हुने तनावबाट समेत राहत मिल्छ । सामान्यतया परिवारका सदस्यबीच एक–अर्कामा सधैँ सकारात्मक सोच हुने भएकाले यसले कामप्रति थप प्रेरित गर्छ ।

प्रतिक्रिया दिनुहोस्