‘दोश्रो बूढानीलकण्ठ महिला फुटबल प्रतियोगिता’ हुँदै : प्रथम पुरस्कार एक लाख



०६ माघ २०७६, काठमाडौं

सिद्देश्वर बूढानीलकण्ठ सरोकार समाजले ‘दोश्रो बूढानीलकण्ठ महिला फुटबल प्रतियोगिता २०७६’ गर्ने भएको छ । आगामी फागुन ७–१२ गते सम्म हुने महिला फुटबल प्रतियोगिताको विजेतालाई नगद रु एकलाख दिने आयोजकले घोषणा गरेको छ ।

नेपाल भरिका महिला फुटबल टीमले भाग लिन पाउने फुटबल खेलमा राष्ट्रिय खेलाडीले प्रतियोगितामा भाग लिन नगपाउने पत्रकार सम्मेलन मार्फत आयोजकले जनाएको छ ।

सिद्देश्वर बूढानीलकण्ठ सरोकारसमाजका अध्यक्ष प्रकाश गुरुङ्गका अनुसार उपत्यका भन्दा बाहिरका टीमलाई खान बस्नको व्यवस्था आयोजकले गर्नेछ । २०७३ सालमा स्थापना भएर विभिन्न सामाजिक कार्यमा सक्रिय रहेको समाजले विगतका वर्षमा समेत महिला फुटबल प्रतियोगिता आयोजना गरेको अध्यक्ष गुरुङले बताए ।

बूढानीलकण्ठ नगरपालिका वडा नं १० स्थित ह्यान्डबल चौरमा हुने प्रतियोगितामा प्रथम हुने टीमले रु एक लाख, दोश्रो ५० हजार नगद, ट्रफि र मेडल दिईने आयोजक टीमका विवेक अधिकारीले परिवर्तन खबरलाई बताए ।

पाँच दिने प्रतियोगितामा सहभागि प्रत्येक टीमलाई प्रवेश शुल्क रु ५ हजार कायम गरिएको छ भने फागुन ३ गते सम्म टिम दर्ता गरिसक्नु पर्ने समेत आयोजकले बताएको छ । दोश्रो बूढानीलकण्ठ महिला ७ ए साइड फुटबल प्रतियोगितामा सामेल हुने टिमले आज माघ ६ गते देखिनै आफ्नो टिम दर्ता गर्न पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्