‘बलात्कारको आरोप लागेर हटाएको व्यक्तिको पदपूर्ती गर्न हत्याको आरोप लागेको व्यक्तिको नाममा सहमति’



०६ माघ २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभाको सभामुखको उम्मेदवार स्थायी कमिटी सदस्य तथा नेता अग्नी प्रसाद सापकोटालाई बनाउने निर्णय गर्‍यो।

नेकपाले उक्त निर्णय गरेसँगै समाजिक संजाल [फेसबूक, ट्वीटर…] मा सापकोटाको तीब्र आलोचना हुँदै आएको छ।

सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामा हत्या आरोपको मुद्दा संवैधानिक इजालसमा रहेको भन्दै सामाजिक संजालमा चर्को आलोचना भएको हो।

सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको निर्णयप्रति असन्तुष्ट व्यक्त गर्दै अभिवक्ता सन्तोष सिग्देलले बलात्कारको आरोपपछि हटाइएको सभामुखको पदपूर्ती हत्या आरोपीबाट गरिएको उल्लेख गरेका छन्।
♥ अग्नी प्रसाद सापकोटालाई नै सभामुख?
♥ सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाको निर्णय
‘अजब देश, गजब पाराः बलात्कारको आरोप लागेर हटाएको व्यक्तिको पदपूर्ती गर्न हत्याको आरोप लागेको व्यक्तिको नाममा सहमति’ उनले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलमा लेखेका छन्।

यस्तै सामाजिक संजालमा अन्य प्रयोगकर्ताहरुले पनि आरोपको मुद्दा संवैधानिक इजालसमा रहेको भन्दै चर्को आलोचना गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्