सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक



०६ माघ २०७६, काठमाडौं

प्रतिनिधि सभाको रिक्त सभामुख पदको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ।

कार्यतालिका सोमबार (आज) संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले सार्वजनिक गरेका हुन्।

कार्यतालिका अनुसार आगामी ७ माघको बिहान ११ बजेदेखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।

त्यसैदिन साढे २ बजे उम्मेदवारीको दर्ता क्रम अनुसार सूची प्रकाशन गर्ने १२ माघमा निर्वाचन गर्ने कार्यतालिकामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्